सरकारलाई ऋण तिर्न ऋणकै भर, चार महिनामा सार्वजनिक ऋण ८३ अर्ब थपिएर देशको ऋण २५ खर्ब १८ अर्ब पुग्यो
काठमाडौ । नेपालको सार्वजनिक ऋण बढेर २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ८३ अर्ब ९६ करोड रुपैयाँ ऋण थपिएसँगै नेपालको ऋणले २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ नाघेको हो । यो सँगै नेपालको सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादनको...