२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा

२०८३ असोज ०६ गते

२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ बैंकले २५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

Advertisement:

Ad

बैंक सञ्चालक समितिको असोज ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आगामी असोज २८ गते काठमाडौंमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।बैंकले साधारण सभामा सेयरधनीलाई हाल कायम १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।


बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरूलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।


सभामा गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सहायक कम्पनी ‘सिद्धार्थ क्यापिटल लिमिटेड’ सहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।


चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभामा निर्णयार्थ पेश हुनेछ ।

 

बोनस शेयर वितरणपछि वृद्धि हुने पूँजी संरचना अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, नियमनकारी निकायको निर्देशन बमोजिम संशोधन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावहरू समेत सोही साधारण सभाबाट पारित हुने बैंकले जनाएको छ ।


साधारणसभा प्रयोजनका लागि बैंक सञ्चालक समितिले असोज १६ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द ९बुक क्लोज० हुने जनाएको छ । यस आधारमा असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागि हुन पाउनेछन् ।