२०८३ असोज ०२ गते
काठमाडौं । घर वा जग्गा खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै गुरु ग्रुप प्रालिले विशेष योजना ल्याएको छ। एक्स्पो अवधिमा गुरु ग्रुपअन्तर्गतका विभिन्न परियोजनामा घर तथा जग्गा बुकिङ गर्ने ग्राहकले १५ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
१ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने विशेष योजनामा सहभागी हुन ग्राहकले ५ हजार १ रुपैयाँ टोकन बैना गर्नुपर्नेछ। टोकन बैना गरेपछि ग्राहकले सम्बन्धित परियोजनामा पुगेर घर तथा जग्गा अवलोकन गर्न सक्नेछन्। टोकन बैना गरेपछि घरजग्गा हेर्दा ग्राहकलाई मन नपरेमा बैना रकम फिर्ता हुने व्यवस्था पनि गरिएको छ। यसले ग्राहकलाई घरजग्गा छनोट गर्न थप सहज बनाउने कम्पनीको भनाई छ।
चाँगुनारायणमा १०८ रोपनीको जग्गा परियोजना
गुरु ग्रुपले भक्तपुरको चाँगुनारायणमा १०८ रोपनी क्षेत्रफलमा जग्गा परियोजना तयार गरेको छ। परियोजनामा एउटा मोडल घर निर्माण गरिएको छ भने बाँकी क्षेत्रमा जग्गा बिक्रीका लागि उपलब्ध छन्। यहाँ जग्गाको मूल्य प्रतिआना २९ लाख ५० हजार रुपैयाँबाट सुरु हुने बताइएको छ। एक्स्पो अवधिमा खरिदकर्ताले १५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। चाँगुनारायण परियोजनामा घरजग्गा खरिद गर्न चाहने ग्राहकका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने सुविधासमेत रहेको छ।
धुलिखेलमा ७५ लाख ५० हजारमै साढे एक तलाको घर
घर नै खरिद गर्न चाहने ग्राहकका लागि गुरु ग्रुपले धुलिखेलमा पनि विकल्प ल्याएको छ। ७५ लाख ५० हजार रुपैयाँमा ५ आनामा साढे एक तलाको घर निर्माण गर्न सकिने कम्पनीले जनाएको छ। तर धुलिखेलको यो परियोजनामा हाल बैंक फाइनान्सको सुविधा उपलब्ध छैन। भक्तपुरको राधेराधे–निकोसेर क्षेत्रमा गुरु ग्रुपले बिक्रीका लागि ल्याएको अधिकांश जग्गा बिक्री भइसकेको छ। हाल ३ आना र ४ आना क्षेत्रफलका दुई वटा प्लट मात्र बाँकी रहेको कम्पनीले जनाएको छ।
यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ३८ लाखदेखि ४२ लाख रुपैयाँसम्म रहेको छ। त्यस्तै, साढे २ आनामा निर्माण गरिएको साढे ३ तलाको घर २ करोड ६० लाख रुपैयाँमा उपलब्ध छ। उक्त घरमा १२ वटा कोठा रहेका छन्।
गुरु ग्रुपको घरजग्गा एक्स्पोले फरक बजेट र आवश्यकताअनुसार घर तथा जग्गा छनोट गर्न चाहने ग्राहकलाई विभिन्न विकल्प दिएको छ। चाँगुनारायणमा तुलनात्मक रूपमा ठूलो क्षेत्रफलमा जग्गा, धुलिखेलमा तयार घर तथा राधेराधे–निकोसेरमा सीमित प्लट र तयार घर बिक्रीमा राखिएको छ।
५ हजार १ रुपैयाँ टोकनबाट बुकिङ सुरु हुने र घरजग्गा मन नपरेमा रकम फिर्ता हुने व्यवस्थाले एक्स्पोमा आउने ग्राहकलाई बिना ठूलो प्रारम्भिक जोखिम परियोजना अवलोकन तथा छनोट गर्ने अवसर दिएको छ।
प्रतिक्रिया