नेफ्स्कूनको अन्तर्राष्ट्रिय उपलब्धि : अध्यक्ष ढकाल अक्कूको दोश्रो उपाध्यक्ष, दुई साकोसले पाए एशियास्तरको ब्राण्ड

२०८३ असोज ०१ गते

नेफ्स्कूनको अन्तर्राष्ट्रिय उपलब्धि : अध्यक्ष ढकाल अक्कूको दोश्रो उपाध्यक्ष, दुई साकोसले पाए एशियास्तरको ब्राण्ड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सन् २०२६ मा नेपाली साकोस अभियानले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका उपलब्धि सार्वजनिक गरेको छ।

 

Advertisement:

Ad

नेफ्स्कूनको केन्द्रीय कार्यालयमा आज बिहीबार आयोजित कार्यक्रममा एशियाली ऋण महासंघ (अकू)को ४५औँ साधारणसभाबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल सन् २०२६देखि २०२८सम्म २ वर्षे कार्यकालका लागि दोस्रो उपाध्यक्षमा चयन भएको बताइएको हो ।त्यस्तै, मलेसियामा आयोजित अकू फोरममा रुपन्देहीको जनउत्थान साकोस र नवलपुरको मध्य नेपाल साकोसले एशियास्तरीय ब्राण्ड प्राप्त गरेका छन्। काठमाडौंको चन्द्रागिरि साकोसले विश्व ऋण परिषद्बाट ‘डिजिटल ग्रोथ अवार्ड २०२६’ पाएको छ।

 

त्यसैगरी दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक)ले भोटेकोशी बाढीबाट प्रभावित रसुवाका सहकारीहरुका लागि ५० हजार अमेरिकी डलर सहयोग गरेको पनि नेफ्स्कूनले जनाएको छ।पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले नेपाली साकोस अभियानले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउँदै गए पनि नेपालमा बचत तथा ऋण कारोबारमा लगाइएको सीमाप्रति असन्तुष्टि पोखेका थिए। उनले सहकारी बैंकलाई थप मजबुत बनाउँदै समग्र बैंकिङ सेवासहित अघि बढाउनुपर्नेमा जोड दिए।

 

नेफ्स्कूनका सीईओ डा. शिवजी सापकोटाले आगामी वर्ष अझ धेरै साकोसलाई अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गर्ने गरी स्तरीकरण अघि बढाइने बताए।उनले अवको १ वर्षभित्रमा सहकारीहरु एक्सेस ब्राण्ड लिन झण्डै १० वटा सहकारीहरु योग्य हुन सक्ने दाबी गरे । 

 

कार्यक्रममा सीईओ सापकोटाले अकूको फोरममा नेपालको सहकारीका वर्तमान चुनौति र तत्काल लिनुपर्ने रणनीतिका विषयमा प्रकाश पारेको बताउँदै सोही प्रस्तुतिकरण पुनः पेश गरेका थिए । उनले अकूको फोरममा नेफ्स्कूनको पहुँचले नेपालको समग्र साकोस अभियानलाई अन्तर्राष्ट्रियस्तरमा संस्थागत गर्दै विस्तार गर्न लबिङ पुग्ने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी तथा संचालक सदस्य,नेफ्स्कून व्यवस्थापन टिम लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।