रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरा लगियो,पत्नी निकिता पौडेल पनि एउटै जहाजमा तर फरक सिटमा

२०८१ मंसिर २६ गते

रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरा लगियो,पत्नी निकिता पौडेल पनि एउटै जहाजमा तर फरक सिटमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् ।

रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा देखिएका थिए ।

Advertisement:

Ad
Ad

रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भएको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।