मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने

२०८३ असोज ०६ गते

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

 

Advertisement:

Ad

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो  लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।