कार्यवाहक जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएर अमेरिका जाँदै प्रधानमन्त्री

२०८३ असोज ०६ गते

कार्यवाहक जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएर अमेरिका जाँदै प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् ।

 

Advertisement:

Ad

आफ्नो अनुपस्थितिमा प्रधानमन्त्री शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सुम्पिएका छन् । प्रधानमन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वाग्लेलाई जिम्मेवारी दिन सिफारिस गरेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

 

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।