सरकारसँगको सहमति कार्यान्वयन नभएपछि महोत्तरीमा लघुवित्त पीडित आन्दोलित

२०८१ पुस १९ गते

सरकारसँगको सहमति कार्यान्वयन नभएपछि महोत्तरीमा लघुवित्त पीडित आन्दोलित

सरकार र लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै महोत्तरीमा पुनः लघुवित्त संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।

सहमतिको वेवास्ता गरी लघुवित्त संस्थाहरुले ऋणीलाई पुनः दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै आन्दोलन गर्नुपरेको लघुवित्त तथा वित्तिय संघीय समिती महोत्तरीकी अध्यक्ष शिलम यादवले बताए।

Advertisement:

Ad
Ad

जिल्लाका १ हजार लघुवित्त पिडितलाई क्रमशः धितो लिलामको चिठि आउन थालेको र लघुवित्तका कर्मचारी घरमै गएर दबाव दिन थालेको गुनासो बढ्दै गएको उनले बताए ।

गत चैतमा सरकार र लघुवित्त संघर्ष समितीबिच भएको सहमतिमा ऋणीहरुको साँवा, व्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनस्र्थापना तथा कर्जा भुक्तानी गर्ने, वास्तविक पीडितहरुको कर्जा मिनाहा लगायतका विषयलाई सम्बोधन गर्न नसकेको संघर्ष समितिले आरोप लगाएको छ ।