२०८३ असोज ०७ गते
काठमाडौँ । बुधबार सेयरबजारमा ३६.२५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटे पनि यस दिन कारोबार रकम ६ अर्ब नाघेको छ।
योसँगै नेप्से २६१८.०३ विन्दुमा झरेको छ। यस कारोबारमा २३ वटा सेयरको मूल्य बढे पनि २५३ वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
बुधबार धौलागिरि लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागे पनि बाँकी ५.४४ प्रतिशतसम्म मात्रै बढेका छन्। त्यसैगरी गिरावट आएका सेयरहरु अधिकतम ८.५४ प्रतिशतले घटेका छन्।
यस दिन शिवम् सिमेन्टको ३८ करोड, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड, हिमालयन डिस्टिलरी २० करोडको कारोबार भएको छ। आज सबै समूहमा गिरावट आएको छ।
प्रतिक्रिया