आरम्भ चौतारी लघुवित्तको नाफा एक सय ६१ प्रतिशतभन्दा बढी

२०८१ माघ १३ गते

आरम्भ चौतारी लघुवित्तको नाफा एक सय ६१ प्रतिशतभन्दा बढी

काठमाडौँ। यस आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।

पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा कोषमा भने १५ करोड ८४ लाख रुपैयाँ छ । यता कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसाले बढेर १७ रुपैयाँ ७९ पैसा ९वार्षिक० कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा ९वार्षिक० रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ ।

Advertisement:

Ad
Ad