अमेरिका पुगेर बालेनले देशबासीलाई भने, 'सतर्कता अपनाउनुस्'

२०८३ असोज ०७ गते

अमेरिका पुगेर बालेनले देशबासीलाई भने, 'सतर्कता अपनाउनुस्'

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह यतिखेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका छन् । भोलि बिहीबार बालेनले महासंघको सभामा सम्बोधन गर्नेछन् ।

 

Advertisement:

Ad

यसैबीच असोज ८ गतेदेखि १० गतेसम्म भारतबाट निस्कने शक्तिशाली आँधीले नेपालमा पनि ठूलो वर्षा गराउने मौसम विज्ञान विभागको अनुमान सार्वजनिक भइरहेको छ । 

 

अमेरिका भ्रमणमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानप्रति सचेत हुन आग्रह गर्दै देशबासीका नाममा अपिल गरेका छन् । यस्तो छ उनको स्ट्याटस -

आज बुधबार असोज ७ गते मौसम विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एकरदुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।
साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला ।