समता घरेलु लघुवित्तले विक्रीमा ल्यायो १ हजार कित्ता संस्थापक शेयर

२०८१ माघ ११ गते

समता घरेलु लघुवित्तले विक्रीमा ल्यायो १ हजार कित्ता संस्थापक शेयर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यी शेयर खरीदका कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा कम्पनीका अनुसार यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिनेछ ।

Advertisement:

Ad
Ad