राष्ट्रिय मनिचेन्जर खारेज हुने, कसैको लेनदेन भए ३५ दिन भित्र सम्पर्क राख्न केन्द्रिय बैंकले भन्यो

२०८३ असार १० गते

राष्ट्रिय मनिचेन्जर खारेज हुने, कसैको लेनदेन भए ३५ दिन भित्र सम्पर्क राख्न केन्द्रिय बैंकले भन्यो

काठमाडौं । कञ्चनपुरमा रहेको  राष्ट्रिय मनिचेञ्जर प्रा. लि खारेज  भएको छ ।  भीमदत्तनगर ४, महेन्द्रनगर, कञ्चनपुरबाट यसले आफ्नो सेवा दिदै आएको थियो ।

राष्ट्रिय नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम मनिचेञ्जरले आफ्नो कारोबार बन्द गर्न निवेदन पेश गरेको  छ ।

Advertisement:

Ad
Ad

सो निवेदनका आधारमा केन्द्रिय बैंकले मनिचेञ्जर कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्न लागेको हो । उक्त मनिचेञ्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा  सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा जानकारी गराउन केन्द्रिय बैंकले भनेको छ ।