२०८३ कात्तिक १८ गते
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। भ्रमणका क्रममा उनले नेपालका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ।प्रधानमन्त्री बालेन शाहको मङ्सिरको पहिलो हप्ता हुने भनिएको भारत भ्रमण को सन्दर्भमा पूर्वतयारी तथा छलफलका लागि विदेशसचिव मिस्री नेपाल आएको बुझिएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले आज परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरे ।
विदेश सचिव मिस्रीले भोलि विहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्ने कार्य तालिका छ ।
प्रतिक्रिया