नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

२०८३ कात्तिक १८ गते

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।सुवेदी यसअघि कृषि विकास बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

Advertisement:

Ad

उनलाई आज अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए।