२०८३ कात्तिक १८ गते
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यलय सहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम मार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
यसै अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन् । बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंकमा र पश्चिम क्षेत्रको घोराही तथा महेन्द्रनगर शाखामा भएको थियो ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटलस कप (छैठौं संस्करण)पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।
प्रतिक्रिया