२०८३ असार १६ गते
काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनेभएकाले सवैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।
मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया