प्रधानमन्त्री ६ गते अमेरिका जाँदै, परराष्ट्रमन्त्री शिशिर खनाल आज उँड्ने

२०८३ असोज ०४ गते

प्रधानमन्त्री ६ गते अमेरिका जाँदै, परराष्ट्रमन्त्री शिशिर खनाल आज उँड्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज आइतबार न्युयोर्क जाँदैछ।

परराष्ट्रमन्त्री खनालसहितको टोली आज साँझ ६ बजे संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गर्ने तयारी रहेको छ। खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठकमा सहभागिता जनाउँनेछन्।

Advertisement:

Ad

त्यस्तै सभामा भाग लिन बालेन्द्र शाह (बालेन) नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डल असोज ६ गते अमेरिका प्रस्थान गर्ने र असोज ८ गते बालेनले महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।