रास्वपा महिला उपसभापतिमा सोबिता र तोसिमा आमनेसामने, कसले मार्ला बाजी ?

२०८३ असार १२ गते

रास्वपा महिला उपसभापतिमा सोबिता र तोसिमा आमनेसामने, कसले मार्ला बाजी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

 

Advertisement:

Ad
Ad

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारको प्रारम्भिक सूची अनुसार उपसभापति (महिला) तर्फ दुवैले आफ्नो उम्मेदवारी यथावत् राखेका छन्। यो पदमा अन्य केही नाम पनि चर्चामा थिए। तर उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गरेनन्।

 

केन्द्रीय सदस्यमा सोबिताले २ हजार ६४१ मत ल्याएकी थिइन्। उनी स्वर्णिम वाग्लेपछि बढी भोट ल्याउने दोस्रो उम्मेदवार हुन्।तोसिमाले २ हजार ३०२ मत पाएकी छन्।पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या १९ जनाको छ। यसमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुने व्यवस्था छ।

 

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सहित १२ जना पदाधिकारी मनोनीत हुने छन्।निर्वाचन हुने पदाधिकारीमा एक उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह(महामन्त्री (खुला) र एक महिला सह(महामन्त्री छन्।

 

आयोगले सार्वजनिक गरेको सूची अनुसार उपसभापति (खुला) तर्फ स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ। यो पदमा दाबी गरेका विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै वाग्ले निर्विरोध निर्वाचित भएका छन्।