२०८३ असोज ०४ गते
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे र रसुवाका बाढीपीडित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटलाई हस्तान्तरण गरिएको हो।
राहत सामग्री नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हस्तान्तरण गरेको थियो।
यसअघि नाडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोगसमेत गरेको थियो। भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको हो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ।
प्रतिक्रिया