२०८३ असार १३ गते
काठमाडौँ । नेपालभरी मनसुन भित्रिन अझै ४देखि ५ दिन लाग्ने भएको छ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनीको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ । गण्डकी र लुम्बिनीका केही भेग तथा कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रमा आगामी चाररपाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।
हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश र कोशीको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
कोशी प्रदेशका तराई तथा मधेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकीमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशीका तराई तथा मधेशका केही स्थान, बागमती र गण्डकीका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
साथै, महाशाखाले कोशीका पहाडी तथा तराईका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया