प्रधानमन्त्री बस्ने लटौली सेन्चुरी रिसोर्टको प्रति रात मूल्य २२५ डलर,फोटो भिडियो नखिच्न निर्देशन

२०८३ असार ०७ गते

प्रधानमन्त्री बस्ने लटौली सेन्चुरी रिसोर्टको प्रति रात मूल्य २२५ डलर,फोटो भिडियो नखिच्न निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि चितवन पुगेका पार्टीका बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन साह चितवन शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् । कालिका नगरपालिका-९ शक्तिखोरस्थित पाँच तारे  रिसोर्ट लटौलीमा प्रधानमन्त्री शाह पत्नी छोरी सहित ४ दिन अर्थात असार ११ गतेसम्म बस्ने भएका हुन् । होटलका अनुसार उक्त कोठा ४ दिनको लागि बुक गरिएको छ । 

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री बस्ने उक्त रिसोर्टको कोठाको मूल्य प्रति रात २२५ डलर रहेको छ । गत वैशाखदेखि सञ्चालनमा आएको उक्त रिसोर्टमा कूल १६ वटा कोठा छन् । स्रोतका अनुसार ती सबै कोठा असार ११ गते दिउँसोसम्मका लागि बुक छन् । सबैभन्दा सस्तो कोठाको मूल्य प्रतिदिन १९ हजार ५ सय छ । कोठाको प्रकृतिअनुसार मुल्य फरक फरक रहेको बताइन्छ । 


प्रधानमन्त्री बस्ने भएपछि उक्त रिसोर्टमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारीहरुलाई प्रधानमन्त्री परिवारको फोटो तथा भिडियो खिच्न निषेध गरिएको छ ।