२०८३ असार १० गते
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विस्थापित सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ।
भवन खाली पाँच दिनको अल्टिमेटमसहितको सूचना होल्डिङ सेन्टरमा टाँसिएपछि सुकुम्वासीमा त्रास फैलिएको छ। समितिले मंगलबा (जेठ ९ गते) बिहान सूचना टाँसेको हो।
सूचना टाँसेसँग अब कहाँ जाने भन्ने चिन्ता लागेको सुकुम्वासी डम्मबर तामाङले बताए। उनले बालबालिका बल्खुमै भर्ना भएको र अब कहाँ जाने हो भन्ने अन्योल रहेको बताए।
समितिले भने स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सूचना प्रकाशित भएको पाँच दिनभित्र (असार १२) स्वस्व्यवस्थापन गर्न भनिएको छ।
प्रतिक्रिया