२५ अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

२०८३ असार १९ गते

२५ अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ जारी गर्दैछ। एक वर्ष अवधिको उक्त ऋणपत्रका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन्। ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ भने सोही प्रक्रियाबाट यसको ब्याजदर निर्धारण गरिनेछ।

 

Advertisement:

Ad
Ad

ऋणपत्रको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म, ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ। जारी हुने ऋणपत्रलाई नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।