अमेरिका पठाउन कार्गाेमा लुकाइएको गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

२०८३ असार १८ गते

अमेरिका पठाउन कार्गाेमा लुकाइएको गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अमेरिका पठाउन लागेको सुनचाँदी जस्तो देखिने धातुका गहनासहित दुई जना पक्राउ परेका छन् । मंगलबार साढे ५ बजे विमानस्थलको कार्गो भवनबाट ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय राम प्रसाद दाहाल पक्राउ परेका हुन् ।


मेनिफेस्ट नम्बर एमएस एपी ३२१ मा जुत्ता, पाइन्ट, सारी र अन्य कपडाहरु उल्लेख भएको कार्गो बाकसलाई एक्स रे गरिएको थियो ।  चेकजाँच गर्दा मेनिफेस्टमा उल्लेख भएको सामान नदेखिएकोले शंका लागि खोली चेकजाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहनाहरु फेला परेको विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी राजकुमार सिलवालले जानकारी दिए ।

Advertisement:

Ad
Ad


प्रहरीका अनुसार युनिक कार्गो झापा बौद्धद्वारा एपेक्स लोजिस्टिक मार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको थियो । सुनचाँदी जस्तो देखिने धातुका गरगहनाहरु नियन्त्रणमा लिएर एपेक्स लोजिस्टिक सुवेदी र युनिक कार्गो झापाका, बौद्धका सञ्चालक दाहाललाई समेत पक्राउ गरिएको छ ।

 

आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको उनले बताए ।