भूमि अध्यादेशबाट पछि हट्यो सरकार,लोसपाको असहमतिपछि अध्यादेश हेरफेरका लागि कार्यदल बनाउने निष्कर्ष
काठमाडौँ । राष्ट्रिय सभामा बहुमत जुटाउन नसकेपछि अप्ठ्यारोमा परेको सरकार भूमिसम्बन्धी अध्यादेशमा एक कदम पछाडि हटेको छ । सरकारमा सहभागी लोसपाकै समेत असहमतिपछि सत्तारूढ दलहरू अध्यादेश हेरफेरका लागि कार्यदल बनाउने निष्कर्षमा पुगेका छन् । शनिबार प्रधान...