२०८३ असोज ०८ गते
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूषित खाद्य पदार्थ भेटिएपछि ‘साई कृपा गोल्ड चिया’ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलित नमुना प्रयोगशाला परीक्षण गर्दा साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ दूषित पाइएको विभागले जनाएको छ।
विभागले उक्त ब्याचका सबै चिया बजारबाट रिकल गरी बिक्री–वितरण नगर्न उत्पादकलाई निर्देशन दिएको छ। उत्पादन मिति जुलाई २०२६ रहेको उक्त चियालाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
प्रतिक्रिया