२०८३ असोज ०३ गते
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग बढ्दै जाँदा २०८३ साउनमा मोबाइल बैंकिङमार्फत मात्रै ५ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
साउन महिनामा मोबाइल बैंकिङबाट ७ करोड ८७ लाख कारोबार भएका छन्। ती कारोबारमार्फत कुल ५ खर्ब ८० अर्ब ५६ करोड बराबरको रकम स्थानान्तरण भएको हो।
यस्तै, क्यूआर कोडमार्फत ७ करोड २४ लाख कारोबार हुँदा १ खर्ब ६४ अर्ब ४३ करोड बराबरको भुक्तानी भएको छ।
डेबिट कार्डमार्फत पनि साउनमा ९६ लाख ५२ हजार कारोबार भएका छन्। डेबिट कार्डबाट भएको कारोबारको कुल रकम ७१ अर्ब ८ करोड रहेको छ।
यसले बैंकिङ कारोबारमा नगदरहित तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग निरन्तर विस्तार भइरहेको देखाएको छ।
प्रतिक्रिया