२०८३ असोज ०८ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ । अघिल्ला दिनको तुलनामा बजारमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ ।
यस दिन २७८ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँमा खरिदबिक्री भएका छन् । बुधबार ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
बिहीबार नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ । सोनापुर मिनरल्स, कुमारी सबल योजना र घोराही सिमेन्टको शेयर मूल्य पनि ७ प्रतिशतभन्दा बढीले बढेको छ । मिड सोलु हाइड्रोपावरको शेयर मूल्य भने ११.५८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
उपसमूहतर्फ १३ मध्ये १२ समूहको परिसूचक बढेको छ भने निर्जीवन बीमा समूह मात्र घटेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.८३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया