डोल्पामा सीता एयरको जहाज दुर्घटना

२०८३ असोज ०८ गते

डोल्पामा सीता एयरको जहाज दुर्घटना

काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट डोल्पा आएको सीता एयरको जहाज दुर्घटनामा परेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईले  पुष्टि गरे ।

बिहीबार बिहान ८ः२५ बजे ल्याण्ड गर्नेक्रममा जहाजको एउटा पाङ्ग्रा खुस्किएर दुर्घटना भएको हो ।जहाजमा सामान्य क्षति भएपनि सबै यात्रु सकुशल रहेका छन् । जहाजमा १३ जना यात्रु थिए । 

Advertisement:

Ad