२०८१ चैत २१ गते
काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट (बिहीबार चैत २१ ) एफपीओको बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको जनाएको छ । यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
प्रतिक्रिया