२०८२ जेठ ०९ गते
काठमाडौ । सरकारले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको व्यापक पुर्नसंरचना गर्ने भएको छ । आगामी एक बर्षभित्र पुर्नसंरचना गरी सञ्चालकमा राजस्व सचिव र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरलाई भित्र्याउँने योजना सरकारले सार्वजनिक गरेको छ ।
पूर्वसचिव रामेश्वर खनाल संयोजक रहेको आर्थिक सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न गठित कार्यदलले १ वर्षभित्र पुर्नसंरचना गर्ने योजना लिएको छ । हाल बोर्डको सञ्चालकमा अर्थमन्त्रालयबाट सहसचिव र राष्ट्र बैंकबाट कार्यकारी निर्देशक रहने व्यवस्था छ ।
यस्तै विज्ञको संख्या बढाउँने र नीजि क्षेत्रको प्रतिनीधि हटाउँने तयारी पनि सरकारले गरेको छ । अन्य मन्त्रालय तथा निकायको प्रतिनीधि पनि नराख्ने गरी योजना बनाइएको छ । अहिले कानुन मन्त्रालयबाट सहसचिव राखिदै आएको छ भने नीजि क्षेत्रको उद्योग बाणिज्य महासंघको प्रतिनीधिलाई पनि राखिने गरेको छ ।
यो योजना कार्यानवयन गर्ने निकाय अर्थमन्त्रालयलाई तोकिएको छ भने यसको नियमन र सहजीकरण भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गर्नेछ । यस्तै आगामी १ बर्षभित्र नेपाल स्टक एक्सचेन्जको पनि पुर्नसंरचना गरिने योजना छ । नेप्सेमा नीजि क्षेत्रको पनि सेयर भएको हुने व्यवस्था १ वर्षभित्र गरिने योजना कार्यदलले लिएको छ ।
प्रतिक्रिया