१९ खर्ब ६४ अर्बको बजेट ल्याएको सरकारले कुन मन्त्रालयलाई कति दियो ?

२०८२ जेठ १५ गते

१९ खर्ब ६४ अर्बको बजेट ल्याएको सरकारले कुन मन्त्रालयलाई कति दियो ?

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । चालु तर्फ  ११ खर्ब ८० अर्ब ९८ रुपैयाँ (६०.१ प्रतिशत), पुँजिगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) , वित्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत)  रुपैयाँ रहेको छ । यो बजेट चालु वर्षको बजेट भन्दा ५.६ प्रतिशतले बढी हो ।

मध्यावधि समिक्षमार्फत संसोधन गरिएको बजेट भन्दा १८.२ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन भएको छ ।  यो खर्च ब्यहोर्ने स्रोतमा राजस्वतर्फ १३ खर्ब १५ अर्ब , बैदेशिक अनुदानबाट ५३ अर्ब  ४५ करोड रुपैयाँ उठाउँने सरकारी लक्ष्य छ ।  नपुगेको ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ  वैदेशिक र आन्तरिक ऋणबाट उठाएर  पुरा गर्ने लक्ष्य सरकारले लिएको छ । आगामी बर्ष २ खर्ब ३३ अर्ब ६६ करोड वैदेशिक ऋणबाट  र आन्तरिकबाट ३ खर्ब ६२ अर्ब उठाउँने सरकारले लक्ष्य लिएको छ । 

Advertisement:

Ad
Ad


कुन मन्त्रालयले कति पाए ?
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायल : २ खर्ब ११ अर्ब रुपैयाँ
उद्योग वाणिज्य तथा आपुर्ति  मन्त्रालयल : १० अर्ब १४ करोड रुपैयाँ
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय :  ७ अर्ब ४९ करोड रुपैयाँ 
कृषि तथा पशपन्क्षी विकास मन्त्रालय : ५७ अर्ब ४८ करोड रुपैयाँ
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायल : ४ अर्ब २८ करोड रुपैयाँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय :  ९५ अर्ब ८१ करोड रुपैयाँ
यूवा तथा खेलकुद मन्त्रालय : ६ अर्ब ८ करोड रुपैयाँ
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय : ८६ अर्ब १ करोड रुपैयाँ
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय : २ अर्ब ८ करोड रुपैयाँ
भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय :  १ खर्ब ५२ अर्ब  रुपैयाँ
खानेपानी मन्त्रायलय : ३३ अर्ब ८९ करोड  रुपैयाँ
शहरी विकास मन्त्रालय :१ खर्ब १८ अर्ब ३४ करोड  रुपैयाँ
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय :  ७ अर्ब ७२ करोड रुपैयाँ  
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : १३ अर्ब २८ करोड रुपैयाँ 
वन तथा वातावरण मन्त्रालय : १८ अर्ब ६१ करोड रुपैयाँ