२०८२ साउन २७ गते
काठमाडौ । नेपाल टेलिभिजनमा क्यामरापर्सनको रुपमा कार्यरत शिव पंगेनीको अभिनय रहेको नयाँ तीज गीत बजारमा आएको छ ।
आउँदै गरेको तीजलाई लक्षित गरी तयार पारिएको यो गीतमा मनमाया पंगेनीको पनि अभिनय रहेको छ । नेपाल सरकारको सहसचिव समेत रहेकी मनमायाले नै गाएको ‘तीजको लहर आयो गाउँ शहर’ बोलको गीतमा शब्द तथा स्वर पनि उनै मनमायाको रहेको छ ।
यस गीतमा दीपकराज बीसीले संगीत भरेका छन् । यस गितमा विशेष गरी वैदेशिक रोजगारीमा रहेका दाजुलाई बहिनीले देश फर्कन गरेको अनुरोध रहेको छ ।
प्रतिक्रिया