खुल्ला प्रतिस्पर्धाबाट नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा पाँच जना नियुक्त,७ दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान

२०८३ जेठ ०१ गते

खुल्ला प्रतिस्पर्धाबाट नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा पाँच जना नियुक्त,७ दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट पाँच जनालाई नियुक्त गरेको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम रिक्त रहेका सदस्य पदमा नियुक्तिका लागि मन्त्रालयले गत २०८३ वैशाख १२ गते गोरखापत्र दैनिकमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । 


सो अवधिभित्र रीतपूर्वक आवेदन पेस गर्ने २७ जना उम्मेदवारहरूमध्येबाट शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजनाको परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

Advertisement:

Ad
Ad

छनोट समितिको सोही सिफारिसका आधारमा आज ९बिहीबार० भएको मन्त्रीस्तरीय निर्णयले पाँच जना उम्मेदवारहरूलाई सञ्चालक सदस्यमा नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा पोखरा–३० का डा। दिपक प्रसाद बास्तोला, भरतपुर–२ का प्रविन भट्टराई, ललितपुर–१३ का महेश्वर भक्त श्रेष्ठ, काठमाडौँ गोकर्णेश्वर–१ की रुपा लामिछाने र स्याङ्जा आँधीखोला–६ का लिलाराज ढकाल रहेका छन् ।


मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्वारा बिहीबार जारी सूचनामा नियुक्त भएका उम्मेदवारहरूलाई निर्णय भएको मितिले ७ ९सात० दिनभित्र नियुक्ति पत्र लिन मन्त्रालयमा उपस्थित हुन जानकारी गराइएको छ । मन्त्रालयले पारदर्शी प्रक्रिया अपनाउँदै योग्यता र क्षमताका आधारमा निगमको सञ्चालक समितिमा नयाँ सदस्यहरू चयन गरेको हो ।