१५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पूर्वगृहमन्त्री गुरुङ्गको विषयमा छानबिन गर्न समिति गठन

२०८३ वैशाख ३१ गते

१५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पूर्वगृहमन्त्री गुरुङ्गको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं ।  सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्गको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।

 

Advertisement:

Ad
Ad

गुरुङ्गमथि अनुसन्धानमा रहेका कथित बिचौलिया दीपक भट्टसँग साझेदार भई सेयर लगानी गरेको आरोप लागेको थियो ।व्यापक आलोचना र विवाद भएपछि उनलाई प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएका थिए,सोही बमोजिम गुरुङ्गले नियुक्त भएको २८औँ दिनमा राजीनामा दिएका थिए ।

 

गुरुङ्गको विषयमा छानबिन गर्न गठित समितिलाई सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।