सेयर बजारमा लगातार गिरावट, आइतबार ८ अर्ब बढीको कारोबार

२०८२ जेठ ०४ गते

सेयर बजारमा लगातार गिरावट, आइतबार ८ अर्ब बढीको कारोबार

काठमाडौ । सेयर बजारमा आइतबार ८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से सूचक ३.७७ विन्दुले घटेर २६०८.०७ अंकमा झरेको छ । सेयर बजार लगातार ६ कार्य दिन घटिसकेको छ ।

आज २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।  लामो समयदेखि बजार साइडबेजमा देखिएको छ । यस दिन ३ सय ९ कम्पनीको १ करोड ६९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

Advertisement:

Ad
Ad

७० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । एनआरएन इन्फ्रास्टक्चर दोस्रो र राधी विद्युत पावर  तेस्रो स्थानमा परेका छन् । बजार पुँजीकरण ४३ खर्ब  ४० अर्ब रुपैयाँ रहेको छ ।