विकास बैंकहरुमा नाफामा अगाडि गरिमा विकास बैंक, वितरणयोग्य नाफा नै ३४ करोड ८१ लाख

२०८२ वैशाख ०७ गते

विकास बैंकहरुमा नाफामा अगाडि गरिमा विकास बैंक, वितरणयोग्य नाफा नै ३४ करोड ८१ लाख

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरूले ३ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४.३५ प्रतिशतले बढी हो।अघिल्लो वर्ष सोही अवधिमा यी बैंकहरूको संयुक्त नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ थियो।

सार्वजनिक विकास बैंकहरुको तेस्रो त्रैमासको रिपोर्टअनुसार नाफाको हिसावले सबैभन्दा अगाडि गरिमा विकास बैंक रहेको छ । बैंकले चैत मसान्तसम्ममा ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिसम्ममा बैंकले ६८ करोड ३४ लाख कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ३४ करोड ८१ लाख रहेको छ ।अघिल्लो वर्ष यसै अवधिसम्ममा वितरणयोग्य नाफा ९८ लाख मात्र रहेको थियो ।

Advertisement:

Ad
Ad