वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

२०८१ चैत २५ गते

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

यहि चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएको थियो । २४ गते सार्वजनिक विदा परेकोले अर्थमन्त्रालयले आज कामु गभर्नरको जिम्मेवारी तोकेको हो । आजै मन्त्रिपरिषदको बैठकले गभर्नर छनौट गर्ने सम्भावना पनि रहेको छ ।

Advertisement:

Ad
Ad