तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब खिच्दै राष्ट्र बैंक

२०८१ माघ ०९ गते

तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार थप ९० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत २१ दिनको लागि बजारबाट रकम तान्न लागेको हो । बजारमा उच्च तरलता भएपछि बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको हो । उच्च तरलता भएका बैंक तथा वित्तीय संस्थाले २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बिड गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

बोलकबोलमा भाग लिने वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ९० अर्ब रुपैयाँसम्म जम्मा गर्न सक्नेछ ।