स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने म्याद आज सकिँदै

२०८१ फागुन २१ गते

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने म्याद आज सकिँदै

काठमाडौँ। स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Advertisement:

Ad
Ad

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।