सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

२०८१ चैत १७ गते

सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीकर्ताले घटीमा १०० कित्ता र बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement:

Ad
Ad

खरीदकर्ताले आज चैत १७ गतेदेखि चैत २६ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० को कार्यालयमा पाइनेछ।