राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

२०८१ फागुन २१ गते

राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैकि प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्दैछ । केन्द्रिय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउँन लागेको हो । यसको लागि आज ३ बजेसम्म बोलकबोल हुनेछ । यस निक्षेपको सावाँ ब्याज भुक्तानी आगामी चैतमा हुनेछ ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेषभाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । नक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

Advertisement:

Ad
Ad

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड हुनेछ । निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंक स्थित खातामा जम्मा गरिनेछ ।