राष्ट्र बैंकद्धारा नोट छपाईका लागि बोलपत्र आह्वान

२०८१ चैत १७ गते

राष्ट्र बैंकद्धारा नोट छपाईका लागि बोलपत्र आह्वान

काठमाडौ । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छाप्नको लागि प्रक्रिया अगाडी बढाएको छ । केन्द्रिय बैंकले नोट छपाइका लागि बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य बोलपत्र आवेदन माग गर्दै सुचना प्रकाशन गरेको छ । राष्ट्र बैंकले यसअघि नै बोलपत्र आवेदनका लागि योग्य ६ कम्पनीको सूची सार्वजनिक गरेको छ । सोही सूचीमा रहेका ७ कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् ।

Advertisement:

Ad
Ad

नोट छाप्न इच्छुक आवेदकले आगामी १४ मे २०२५ को १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा आइपुग्नेगरी बोलपत्र आवेदन दिन सक्नेछन् ।यसअघि छनौट भएका ६ कम्पनीमध्ये एक कम्पनीले नोट छपाइको जिम्मा पाउनेछन् । केन्द्रिय बैंकले यसअघि चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् छनोट गरेको थियो ।