राष्ट्र बैंक गभर्नर बिहिन, कहिले आउलान नयाँ ?

२०८१ चैत २४ गते

राष्ट्र बैंक गभर्नर बिहिन, कहिले आउलान नयाँ ?

काठमाडौ । नेपाल राष्ट्र बैंक आजबाट गभर्नर बिहिन बनेको छ । महाप्रसाद अधिकारीको कार्यकाल आजबाट (चैत २४) सकिएको छ । अधिकारीको कार्यकाल सकिएपनि अहिलेसम्म कामु गभर्नर कसैलाई तोकिएको छैन । सरकारले गभर्नर नियुक्तिमा पनि ढिलाइ गरिरहेको छ ।

राष्ट्र बैंक ऐन अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया १ महिना अगाडी नै गभर्नरको पदमा नियुक्ति गर्नुपर्ने व्यवस्था छ । सरकारले गभर्नर छनौट समिति गठन गरेपनि गभर्नरको टुङ्गो लगाउँन सकेको छैन ।

Advertisement:

Ad
Ad

गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने ऐनमा व्यवस्था छ । तर कार्यबहाक गभर्नर पनि तोक्न सकेको छैन ।  सत्ता साझेदार दलको भागबण्डा नमिल्दा गभर्नर छनौट हुन सकेको छैन । सरकारले आफु अनुकुलको पात्र ल्याउँन नियुक्ति सम्बन्धी मापदण्ड संसोधन गरिसकेको छ । मापदण्ड संसोधन लगतै नियुक्ति गर्दा विवादमा परिने डरले सरकारले गभर्नर नियुक्तिमा केही ढिलाई गरेको छ ।