राष्ट्र बैंकमा २७ वर्ष विताएर अवकाश भए डा. प्रकाश श्रेष्ठ, गभर्नर बन्न दिएको राजीनामा स्विकृत नहुनुको कारणबारे यसो भने

२०८२ जेठ १० गते

राष्ट्र बैंकमा २७ वर्ष विताएर अवकाश भए डा. प्रकाश श्रेष्ठ, गभर्नर बन्न दिएको राजीनामा स्विकृत नहुनुको कारणबारे यसो भने

 
काठमाडौ । नेपाल राष्ट्र बैंकको जागरिबाट कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ विदा भएका छन् । उनले आजैबाट अवकाश प्राप्त गरेका छन् । जेठ १० गते ५८ वर्षे उमेर हद पार गरेका कारण उनी अवकाशमा गएका हुन्।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए। उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनले गभर्नर पदको उम्मेदवार बन्न गत फागुनमै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा स्विकृत भएन ।

Advertisement:

Ad
Ad

उनले यो विषयमा सामाजिक सञ्जालमा राष्ट्र बैंककै क्याडर रहेको, जागिरको उत्तरार्ध तिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरको लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस भनेर समयमा नै राजिनामा दर्ता गराएको उल्लेख गरेका छन् । तर, आवश्यक नपर्ने बुझिए पछि राजिनामा निष्कृय भएको उनले स्पष्ट पारे ।

राजीनामा स्विकृत नहुनुको कारण लेख्दै उनी भन्छन, 'केही मिडियाले कामु गभर्नरले मेरो राजिनामा स्वीकृत नगरेको भन्ने गरेको कुरा सत्य होइन। केही ढिला भएपनि राष्ट्र बैंकले कृषि र स्रोत विज्ञ, आर्थिक इतिहासका जानकार गभर्नरको रूपमा पाएको छ । पक्कै पनि नयाँपन आउने छ ।‌'

उनले पिचडीको शोध तूसाना अर्थतन्त्रमा मौद्रिक नीति, बैंकिङ प्रणाली र विदेशी विनिमय सञ्चितिमा गरेका थिए ।  उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा भने कार्यरत छन् ।