२०८२ जेठ २१ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको छ । कार्यकारी निर्देशक रामु पौडेलले सम्हाल्दै आएको प्रवक्ताको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ ।
उनी भुक्तानी प्रणाली विभागमा छन् । २०६२ मा बैंकिङ सेवा प्रवेश गरेका पण्डित बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तिय संस्था नियमन विभाग, वित्तिय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा काम गरिसकेका छन् । यसअघि भुक्तानी प्रणाली विभागमा डा. गुणाकरण भट्ट थिए ।
गभर्नर बन्न राजीनामा दिएका भट्टको राजीनामा अस्विकृत भएपछि उनलाई गभर्नर डा.विश्व पौडेलले आफ्नो कार्यालयमा तानेका छन् । अहिले भुक्तानी प्रणाली विभागमा पण्डित छन् ।
प्रतिक्रिया