फरार लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अञ्जलाको थुनछेक बहस सुरू हुने तयारी

२०८१ पुस २४ गते

फरार लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अञ्जलाको थुनछेक बहस सुरू हुने तयारी

काठमाडौँ । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।

बुधबार बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् । उनी अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ।

Advertisement:

Ad
Ad

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन्।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बितिक्कै हाजिर भएकी हुन् ।