पाथिभरामा निर्माणाधिन केबलकारसँग ग्लोबल आइएमई बैंकलाई जोड्नु गलत हो : गुरुप्रसाद पौडेल कार्यकारी निर्देशक राष्ट्र बैंक

२०८१ माघ २४ गते

पाथिभरामा निर्माणाधिन केबलकारसँग ग्लोबल आइएमई बैंकलाई जोड्नु गलत हो : गुरुप्रसाद पौडेल कार्यकारी निर्देशक राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ताप्लेजुङको पाथिभरामा निर्माणाधिन केबलकारसँग ग्लोबल आइएमई बैंकलाई जोड्नु गलत भएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा एक स्टास पोष्ट गर्दै भनेका छन्, पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजलपत्र प्राप्त क वर्गको बाणिज्य बैंक ग्लोबल आइएएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उत्श्रृखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

Advertisement:

Ad
Ad

त्यस्तै, राष्ट्र बैंकका उपनिर्देशक अशोककुमार राईले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै भनेका छन्, केवलकार विरोधमा चन्द्र ढकाल र आइएमइ समुह लक्षित विभिन्न आक्रमण नगरौ, नेपाल तथा विश्व भरी सन्जाल भएको समुहको केही शाखा आक्रमण गरेर नतिजा आउदैन । चन्द्र ढकाल व्यक्तिगत रुपमा अघि आएका पनि छैनन्, सरकारसंग वार्ताद्वारा समाधान खोजौं ।’