निफ्राले बिक्रिमा ल्यायो ५ अर्ब बराबरको ऋणपत्र, कति पाइन्छ ब्याजदर ?

२०८२ जेठ १८ गते

निफ्राले बिक्रिमा ल्यायो ५ अर्ब बराबरको ऋणपत्र, कति पाइन्छ ब्याजदर ?

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अयापत्र बिक्रिमा आएको छ  । आज (जेठ १८ गते) ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि खुला गरेको हो । निफ्राले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नामको ऋणपत्र निष्कासन गरेको हो । उक्त ऋणपत्रको ब्याजदर ६ प्रतिशत तोकिएको छ  । यस ऋणपत्रमा जेठ २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार १ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख  इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यसमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने निफ्राले जनाएको छ । 

Advertisement:

Ad
Ad